दाङमा बहुविवाह गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार घोराहीका सरोज पौडेललाई बहुविवाह गरेको आरोपमा बिहीबार पक्राउ गरिएको हो।
पक्राउ परेका पौडेललाई मिशिल तयार गरेर आइतबार अदालत बुझाउने तयारी भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
पौडेलकी जेठी पत्नीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विदेश जाने लोभमा पौडेलले जेठी पत्नी हुँदाहुँदै पारिवारिक दबाबमा परेर दोस्रो बिहे गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। पौडेलको जेठी पत्नीसँग राम्रो सम्बन्ध छैन। उनीहरु केही समयदेखि एकलरूपमा बस्दै आएका थिए।
पहिलो श्रीमतीसँग सम्बन्धबिच्छेद नगरेर दोस्रो बिहे गरेपछि जेठी पत्नी श्रीमान्विरुद्ध प्रहरीमा जाहेरी लगेर पुगेकी थिइन्। रासस
Shares
प्रतिक्रिया