ad ad

समाज


अत्यधिक गर्मीले कपिलवस्तुमा एक जनाको मृत्यु

अत्यधिक गर्मीले कपिलवस्तुमा एक जनाको मृत्यु

नेपालखबर
जेठ २०, २०८१ आइतबार १०:३८, कपिलवस्तु

कपिलवस्तुको बुद्धभूमिमा अत्यधिक गर्मीको कारण एक जनाको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका १ कपासीमा गर्मीको कारण एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ९ अर्घाका ५२ वर्षीय थानेश्वर परियार छन्। 

‘गएको शुक्रबार दिउँसो बुद्धभूमिस्थित इमिलियामा आफ्नी छोरीलाई भेटेर घर फर्किंदै गर्दा उहाँको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी हरि ओलीले नेपालखबरसँग भने, ‘त्यो दिन कपिलवस्तुमा निकै गर्मी थियो। कुनै बिरामी र बाहिरी चोटपटक बिनै उनको मृत्यु भएको कारण गर्मीले नै मृत्यु भएको आशंका हामीले गरेका छौँ।’

मध्य दिउँसो रुखको छहारी मुनी उनको शव भेटिएपछि प्रहरीले उनको सनाखतको प्रयास गरेको थियो। 

मृतकको शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमार्टमपछि शनिबार आफन्तले बुझेर लगेका डीएसपी ओलीले बताए। 

‘पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ,’ उनले भने, ‘आफन्तले पनि गर्मीकै कारण उनको मृत्यु भएको भनेका छन्। मृतककी छोरी सम्झनाले आफूलाई भेटेर घर फर्किदा बुवाको स्वास्थ्यमा कुनै समस्या नहरेको बताएकी छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .