ad ad

कला


‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माइला’ सार्वजनिक (भिडिओ)

‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माइला’ सार्वजनिक (भिडिओ)

नेपालखबर
जेठ २०, २०८१ आइतबार १०:४८, काठमाडौँ

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजिक गरिएको छ।

‘राई माइला’ बोलको गीत सुनिता थेगिमको स्वरमा छ। 

श्रवण मुकारुङको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाले संगीत भरेका हुन्।

फिल्मको गीतमा मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राई फिचर्ड छन्।

गीतको भिडिओ निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्।

सार्वजनिक गीतको अडिओ तथा भिडिओ उत्कृष्ट बनेका छन्।

गीतमा समावेश दृश्यले सिनेमाको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ।

बाबुछोराको स्नेह सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ।

योसँगै छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) फिल्मको कथा घुम्छ।

सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा सिनेमाले भनेको छ।

यो फिल्म २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा पुगिसकेको छ।

टोरोन्टो र बुसान सिनेमा महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’ को पटकथा निर्देशक सुब्बाले महेश राईसँग मिलेर लेखेका हुन्।

मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन्। यो फिल्म जेठ २५ गतेदेखि प्रदर्शन हुँदै छ।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .