समाज


रौतहटमा एक युवकको शव फेला, सनाखत हुन बाँकी


नेपालखबर
मंसिर ९, २०८० शनिबार ९:३५, रौतहट

रौतहटको यमुनामाईमा एक युवकको शव फेला परेको छ। 

यमुनामाई गाउँपालिका- ४ मा रहेको झाझपुल भन्ने ठाउँमा बन्दै गरेको नयाँ पुलको पिलरको रिङभित्र पानीमा डुबेको अवस्थामा युवकको शव फेला परेको हो।  

अन्दाजी २०/२२ वर्षको जस्तो देखिने युवक शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर केसीले जानकारी दिए।  

युवकको शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।  

निलो पाइन्ट र आकाशे रंगको सर्ट लगाएका ती युवकको तस्बिर सार्वजकिन गर्दै प्रहरीले आफन्तलाई सम्पर्कको लागि आग्रह गरेको छ। 

युवकको मृत्युको कारण खुलेको छैन। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी केसीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .