समाज


हार्डवेयरलाई १७ लाख ठगेको आरोपमा सिराहाबाट सरकारी विद्यालयका प्रधानाध्यापक पक्राउ

हार्डवेयरलाई १७ लाख ठगेको आरोपमा सिराहाबाट सरकारी विद्यालयका प्रधानाध्यापक पक्राउ

नेपालखबर
माघ २३, २०८० मंगलबार १३:५२, सिराहा

निर्माण सामग्री खरिद गर्दा ठगी गरेको आरोपमा सिराहाबाट सरकारी विद्यालयका एकजना प्रधानाध्यापक पक्राउ परेका छन्। 

सिराहा सदरमुकाममा रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ५८ वर्षीय मधुसुदन कर्णलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। कर्णको घर सिराहा नगरपालिका- ७ मा पर्छ।

‘विद्यालय भवन निर्माण गर्दा खरिद गरेको निर्माण सामग्रीको भुक्तानी नदिएको उजुरी परेपछि अनुसन्धानका लागि प्रधानाध्यापकलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रावीन्द्रराज पाण्डेले नेपालखबरसँग भने, ‘कर्णलाई सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।’

कर्णविरुद्ध सिराहा- ८ का रोशनकुमार यादवले १७ लाख चार हजार रुपैयाँ भन्दा धेरै ठगी गरेको उजुरी दिएका प्रहरीले जनाएको छ। यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एण्ड जनरल सप्लायर्सबाट कर्णले विद्यालयमा निर्माण कार्यका लागि भन्दै सिमेन्ट, रडसहितका सामग्री लगेका थिए।

तर, लामो समयसम्म पनि त्यसको भुक्तानी नदिएको भन्दै यादवले प्रहरीमा उजुरी दिएका थिए। सिराहा नगरपालिकाका मेयर डाक्टर नविन यादव विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको बेला नै आफूले विद्यालयलाई निर्माण सामग्री उदारोमा दिएको भए पनि अझै भुक्तानी नपाएको गुनासो यादवले गरेका छन्। 

प्रधानाध्यापक कर्णले विद्यालयबाट भुक्तानी लिएको तर, पसलको उदारो भने नदिरेको आरोप लाग्दै आएको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको डीएसपी पाण्डेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .