ad ad

समाज


भुसले छोपेर भारतबाट ल्याउँदै गरेको ६९ बोरा युरिया मल बरामद, ट्रक धनी र चालक पनि पक्राउ

भुसले छोपेर भारतबाट ल्याउँदै गरेको ६९ बोरा युरिया मल बरामद, ट्रक धनी र चालक पनि पक्राउ

प्रहरीले बरामद गरेको युरिया मल र ट्रक


नेपालखबर
फागुन २०, २०८० आइतबार ९:३४, राैतहट

प्रहरीले रौतहटबाट ६९ बोरा अवैध रासायनिक मल बरामद गरेको छ। 

ना ३ ख ४६८० नम्बरको ट्रकमा राखेर भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको टोलीले मल रामद गरेको हो। 

गोप्य सूचनाको आधारमा रौतहटको फतुवा विजयपुर- ८ मा जाँच गर्दा ट्रकमा परालको भुसले छोपेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा युरिया मलका ६९ बोरा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रहरीले ट्रक चालक चितवनको टाँडी नगरपालिका- १३ घर भएका ५६ वर्षीय सुनिल दरै र ट्रक धनी चितवनकै रत्ननगर नगरपालिका- १३ का ५३ वर्षीय गोविन्द भुजेललाई पनि पक्राउ गरेको छ। 

बरामद मल र ट्रकसहित उनीहरुलाई गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .