सिरहाको लहान नगरपालिका-४ स्थित खुट्टीखोला किनारमा सुविधायुक्त घाट निर्माण हुने भएको छ।
नगरपालिकाको दुई करोड ५० लाख लागतमा बन्ने घाटको नगर प्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले घाट निर्माण कार्यको संयुक्त रुपमा शिलान्यास गरेका छन्।
अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले सुविधासम्पन्न घाट बनाउन लागेको नगर प्रमुख चौधरीले बताए। भवन दुई बिघा दश कट्ठा क्षेत्रफलमा घाट निर्माण हुने छ।
अबको १८ महिनाभित्र घाट निर्माण सम्पन्न गर्ने ठेक्का गोपीकृष्ण जेभीले पाएको छ। घाटमा किरियापुत्री बस्ने ठाउँ, मन्दिर, फूलबारीलगायत संरचना पनि निर्माण गरिने छ। रासस
9
Shares
प्रतिक्रिया