समाज


सर्लाहीमा मोटरसाइकल दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार ९:२, सर्लाही

सर्लाहीको लालबन्दीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

लालबन्दी नगरपालिका ४ स्थित रेल्वे ट्रयाकमा गएराति ज ११ प ७५४८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ५० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

राति पौने नौ बजे रेल्वे ट्रयाकबाट माटरसाइकल तल खस्दा चौधरीको मृत्यु भएको हो। दुर्घटनास्थलबाट उठाएर चौधरीलाई लालबन्दीमा रहेको मोडेल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .