ad ad

समाज


बारामा तीन दिनदेखि बेपत्ता महिलाको शव भेटियो

बारामा तीन दिनदेखि बेपत्ता महिलाको शव भेटियो

नेपालखबर
असार १८, २०८१ मंगलबार १०:२०, बारा

बारामा तीन दिनदेखि बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ।

गएको शनिबार दिउँसोदेखि बेपत्ता भएकी निजगढ नगरपालिका- १३ बेसीगाउँकी ४० वर्षीया माईलीमाया वाईबाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

वाइबाको बाढीले बगाएर मृत्यु भएको दाबी प्रहरीले गरेको छ।

शनिबार दिउँसो गोठालो गएको बेलादेखि उनी बेपत्ता थिइन्। उनको शव गाउँकै भक्तलाल खोलाको बगरमा फेला परेको हो। 

शनिबारदेखि सम्पर्कविहीन बनेकी वाईवाको शव खोलाको बगरमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .