ad ad

समाज


पूर्वमन्त्री रायको हत्या आरोपमा उनकै घरमा काम गर्ने युवक पक्राउ

पूर्वमन्त्री रायको हत्या आरोपमा उनकै घरमा काम गर्ने युवक पक्राउ

पूर्वराज्यमन्त्री रामचन्द्र राय


नेपालखबर
साउन ७, २०८१ सोमबार १२:१३, काठमाडौँ

सर्लाही, चन्द्रनगर गाउँपालिका १ रतनपुरका पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले रायको घरमा काम गर्ने कबिलासी नगरपालिका–३ का २१ वर्षीय युवकलाई पक्राउ गरेको हो। 

उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ३ जना अपरिचित व्यक्तिहरू आएर जग्गाको विषयमा कुराकानी गरेको उनले प्रहरीलाई बताएका छन्।

तर, उनीहरूबीच कुरा भइरहँदा आफू सुत्न गएको बताएका ती युवकले पछि शौचालय जाँदा रायको शव फेला पारेको प्रहरीलाई बताएका छन्। 

घटना हुँदा केही थाहा नपाएको बताएका उनले नै प्रहरीलाई राति १ बजेतिर खबर गरेका थिए। 
धारिलो हतियार प्रहार गरी ८० वर्षीय रायको आफ्नै घरमा गएराति हत्या भएको प्रहरीले जानकारी दिएको छ।

राय मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले हत्यामा प्रयोग भएको धारिलो हतियार दाउ बासको झ्याङ्गमा फेला पारेको छ। 

फरार व्यक्तिहरूको पनि प्रहरीले खोजी गरिरहेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .