शुक्रबार बिहान बैतडीमा ट्याक्टर दुर्घटनामा मृत्यु भएका दुई जनाकै सनाखत भएको छ।
सूर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वीबहादुर सिंह राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन–१० पनालीका ५० वर्षीय मानबहादुर विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
204
Shares
प्रतिक्रिया