समाज


कैलालीमा एउटै कोठामा मृत भेटिए दिदी-बहिनी, प्रहरी घटनास्थलमा

कैलालीमा एउटै कोठामा मृत भेटिए दिदी-बहिनी, प्रहरी घटनास्थलमा

गोकुल जोशी
चैत २७, २०८० मंगलबार ११:३४, कञ्चनपुर

कैलालीमा एउटै कोठामा दिदी बहिनीको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका-१० ठेबारमा सहोदर दिदीबहिनी मृत फेला परेका हुन्।

२७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्राको शव एउटै कोठामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
 

टिनले छाएको काठको दुईतले कच्ची घरको तल्लो कोठामा उनीहरू मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .