नेपालले शनिबार केन्याविरुद्ध दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ।
पहिलो एकदिवसीयमा ७ विकेटको जित हात पारेको नेपालले शनिबार दोस्रो एकदिवसीय खेल्न लागेको हो।
नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ।
नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेल सोमबार खेल्नेछ।
यसअघि ५ खेलको टी२० सिरिज नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो।
72
Shares
प्रतिक्रिया