इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आफ्नो हालसम्मकै बढी आम्दानी गरेको छ।
उक्त क्लबले सन् २०२१÷०२२ सिजनमा ६१ करोड ३० लाख पाउन्ड स्टर्लिङ आम्दानी गरेको हो। यसअनुसार क्लबको नाफा ४ करोड १७ लाख पाउन्ड रहेको छ।
सिटीको यो कमाइ म्यानचेस्टर युनाइटेडको भन्दा दोस्रो हो। इंग्लिस क्लब इतिहासमा हालसम्म युनाइटेडले सन् २०१९ मा ६२ करोड ७० लाख पाउन्ड कमाएको कीर्तिमान छ।
गत सिजनको प्रिमियर लिग विजेता सिटीको स्वामित्व सन् २००८ यता आबुधाबी युनाइटेड ग्रुपले लिएको छ। हालसम्म सिटीले छैठौँ पटक प्रिमियर लिग जितेको छ।
सिटीले अघिल्लो सिजनको तुलनामा ४ करोड ३२ लाख पाउन्ड बढी आम्दानी गरेको हो।
114
Shares
प्रतिक्रिया