पेरिस सेन्ट जर्मन (पीएसजी)ले च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब बायर्न म्युनिखको सामना गर्ने भएको छ।
भर्खरै सार्वजनिक भएको ‘ड्र’मा समूह सीको विजेता बायर्नसँग समूह एचको उपविजेता पीएसजी भिड्ने भएका हुन्।
बायर्न समूह चरणमा शतप्रतिशत जित निकाल्दै समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको थियो। यस्तै पीएसजी भने दुई बराबरी र चार जितसहित समूहको उपविजेता बन्दा अन्तिम १६ मा कठिन प्रतिद्वन्द्वी पाएको हो।
बायर्न रहेको समूहबाट स्पेनिस क्लब बार्सिलोना बाहिरिएको थियो। पीएसजीको समूहबाट बेनिफिका समूह विजेता बनेको थियो।
गत वर्ष पीएसजी अन्तिम १६ बाटै बाहिरिएको थियो। रियल मड्रिडसँग नाटकिय पराजय व्यहोर्दै रियल बाहिरिएको थियो। बायर्न भने स्पेनिस क्लब भिल्लारियलसँग २–१ ले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो।
तर यसपटक प्रमुख दाबेदार मानिएका दुई क्लब अन्तिम १६ मै भिड्ने भएका हुन्।
Shares
प्रतिक्रिया