विश्वकप फुटबलका बेला कतारमा झण्डै ६ हजार अर्जेन्टिनी फ्यान स्टेडियममा जान नपाउने भएका छन्।
गैरकानुनी संघ/संस्थामा आबद्ध भई हिंसामा संलग्न रहेका तथा खानाको बक्यौता नतिरेकाहरुलाई स्टेडियम प्रवेशमा रोक लगाइएको गल्फ न्युजले जनाएको छ।
अर्जेन्टिनाको ब्युनस आयर्स सिटी गभर्नमेन्टले कतारस्थित स्टेडियममा त्यस्ता दर्शकलाई प्रतिबन्धित गरिएको बताएको छ।
कतारको एक रेडियोमा अन्तर्वार्ताका क्रमका कतारका सुरक्षामन्त्री मार्सेलो डि एलेन्सान्ड्रोले आफूहरुले फुटबलमा शान्ति चाहेको भन्दै हिंसात्मक गतिविधिमा सलग्न अर्जेन्टिनी समर्थकलाई स्टेडियम प्रवेशमा रोक लगाइएको बताएका छन्।
उनीहरुलाई कतारमा नियन्त्रण गर्नका लागि कतारी सुरक्षा अधिकारीहरुसँग मिलेर काम गर्न विभिन्न देशका प्रहरी निकायको प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ।
राष्ट्रिय सुरक्षा मन्त्रालयले गत जुनमा कतारी दूतावाससँग अर्जेन्टिनाका गुण्डागर्दी गर्नेहरुलाई रोक्न सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौताको मुख्य उदेश्य उनीहरुले विश्वकपमा भाग लिनबाट जोगाउन सकियोस् भन्ने थियो।
स्टेडियममा प्रवेश गर्न रोक लगाइएका ६ हजार अर्जेन्टिनीमध्ये करिब ३ हजार बरा ब्राभा (फुटबल समर्थकको समूह) हुन् जसलाई स्थानीय लिगहरुमा समेत भाग लिन अनुमति दिइएको छैन।
Shares
प्रतिक्रिया