भारतले आइसीसी टि–२० विश्वकपको दोस्रो सेमिफाइनलमा इङल्याण्डसामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अष्ट्रेलियाको एडिलेडमा इल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रनको योगफल तयार पारेको हो।
चौथो विकेटका लागि विराट कोहली र पाण्ड्याले ६१ रनको साझेदारी गरे। कोहलीले ३९ बलमा ४ चौका र १ छक्का मद्धतमा अर्धशतक पुरा गरे।
हार्दिक पाण्ड्याले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ३३ बलमा ४ चौका र ५ छक्का हाने।आक्रमक ब्याटिङ गरेका हार्दिकले २९ बलमा ३ चौका र ४ छक्का हान्दै अर्धशतक पुरा गरे।
ओपनर के एल राहुल ५ रनमा आउट भए। कप्तान रोहित शर्मा २७ रनमा पवेलियन फर्के। २८ बलको सामना गरेका राहुलले ४ चौका हाने। सुर्य कुमार यादवले १० बलमा १ छक्का र १ चौका हान्दै १४ रनमा आउट भए। रिसभ पन्त ६ रनमा रन आउट भए।
इङल्याण्डका क्रिस जोर्डनले ३ विकेट झारे। क्रिस वेक्स, अदिल रसिदले समान एक विकेट झारे।
भारत समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। इङल्याण्ड समुह बी को उपविजेता बन्दै अन्तिम ४ को यात्रा तय गरेको थियो। ८ वर्षपछि फाइनल खेल्ने योजनामा रहेको भारत १५ वर्षपछि टि–२० विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ।
भारतले सन् २००७ मा उपाधि उचालेको थियो। सन् २०१४ को फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो।
सन् २०१० को च्याम्पिनय इंग्ल्यान्ड दोस्रो पटक उपाधि जित्न चाहान्छ। सन् २०१६ को फाइनलमा उपाधि नजिक पुगेको वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो।
आजको खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ। पहिलो सेमिफाइनल खेलमा पाकिस्तान न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ।
Shares
प्रतिक्रिया