पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि रोहित चन्दको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा भएको छ।
टोलीका प्रशिक्षक प्रवेश कटुवालले नियमित गोलरक्षक तथा कप्तान किरण चेम्जोङ आइ लिगका लागि भारतमा रहेका कारण उनलाई बाहिर राख्दै शुक्रबार अन्तिम टोलीको घोषणा गरेका हुन्।
नेपालले कात्तिक ३० गते दशरथ रगंशालामा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ। खेल साँझ ५ बजेपछि सुरु हुनेछ।
पाकिस्तानसँगको खेलको लागि एन्फाले ५ सय र १ हजार र पाँच रुपैयाँ टिकट मूल्य तोकेको छ। टिकट खरिद गर्नेमध्ये १ जना भाग्यशाली विजेतालाई विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुपनको खेलको टिकट दिइनेछ।
नेपाली टोली :
गोलरक्षकः विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निसान खड्का
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आवास लामिछाने
फरवार्डः अन्जन विष्ट, विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, रितिक खड्का, सुजल श्रेष्ठ
Shares
प्रतिक्रिया