फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले अग्जिरमाथि ५–० गोल अन्तरको फराकिलो जित हात पारेको छ।
आइतबारको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा खेलको ११ औं मिनेटमा किलियान एमबाप्पेले गोल गरेका थिए।
त्यस्तै कार्लोस सोलेर, आचर्फ हाकिमी, रेनाटो सान्चेस र ह्युगो एकिकिके १/१ गोल थपे।
यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले १५ खेलबाट ४१ अंक हात पारेको छ।
दोस्रो स्थानमा रहेको लेन्सले समान खेलबाट ३६ अंक हात पारेको छ।
96
Shares
प्रतिक्रिया