न्यु डायमण्ड स्पोर्ट्स क्लबले काठमाडौँमा सुरु केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कर्भडहलमा शनिबार भएको खेलमा डायमण्डले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएको हो।
डायमण्डले आर्मीलाई २५–२०, २५–१४ र २५–१० ले पाखा लगााउँदै विजयी भएको हो।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा ३ विभागँँीाय र डायमण्ड गरी ४ टोली सहभागी छन्।
शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फका विजेताले जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन्। उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।
Shares
प्रतिक्रिया