खेल


युरोपा लिगको नकआउट चरणबाटै बाहिरियो बार्सिलोना

युरोपा लिगको नकआउट चरणबाटै बाहिरियो बार्सिलोना

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार ६:५०, काठमाडौँ

क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट चरणबाटै बाहिरिएको छ। पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गर्दै युुरोपा लिगको अन्तिम १६ मा स्थान बनाउँदा बार्सिलोना भने बाहिरियो।

बिहीबार राति युनाइटेडको घरेलु मैदानमा भएको दोस्रो लेगमा २–१ ले तथा समग्रमा ४–३ ले हराउँदै अघिल्लो चरणमा स्थान बनाएको हो। 

खेलको १६औँ मिनेटमा रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। युनाइटेडका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फ्रेड र एन्थोनीले गोल गर्दै युनाइटेडलाई रोमाञ्चक जित दिलाएका थिए।

खेलको ४७औँ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए। खेलको ७३ औँ मिनेटमा एन्थोनीले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए। 

अक्टोबरपछि पहिलो हार व्यहोर्ने क्रममा बार्सिलोनाको १८ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। 

सन् १९९८–९९ पछि अन्तिम १६ मा नपुगेको बार्सिलोना युरोपेली प्रतियोगिताबाट पहिलोपटक बाहिरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .