ad ad

खेल


पीएनजीविरुद्ध नेपाललाई ब्रेक थ्रु, ओपनर किप्लिङ डोरिगा रनआउट

पीएनजीविरुद्ध नेपाललाई ब्रेक थ्रु, ओपनर किप्लिङ डोरिगा रनआउट

बलिङका क्रममा नेपाली टोली। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १४:२६, काठमाडौँ

पपुवा न्युगिनीका ‌ओपनर जमेपछि दबाबमा परेको नेपालले ब्रेक थ्रु गर्न सफल भएको छ।

दिपेन्द्रसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका छन्। 

पहिलो विकेटका लागि ओपनर टोनी उरा र किपलिनले ७७ रनको साझेदारी  ऐरीले तोडे। 

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पपुवा न्यु गिनीले ११.२ ओभरमा किपलिन डोरिगा २६ रनमा रन आउट भए।

३४ बलको सामना गरेका डोरिगाले ३ चौका र १ छक्का हाने। 

अलिहे क्रिजमा उरा ४७ र सेसे बाउ १ रनमा नटआउट छन्। पीएनजी १२.४ ओभरमा १ विकेटको क्षतिमा ८६ रन बनाएर खेलिरहेको छ। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ९७ रन बनाउँदा अलआउट भयो।

पपुवा न्युगिनीले ७७ रन बनाएको अवस्थामा एकजना ओपनर किप्लिन डोरिगा रनआउट भएका हुन्।

यससँगै पीएनजीका ओपनरको लामो साझेदारी तोड्न नेपाल सफल भएको छ। अहिले क्रिजमा टोनी उरा र तेस्रो क्रममा सेसे बाउ छन्। 

उराले अहिलेसम्म ३७ बल खेल्दै ४७ रन बनाइसकेका छन्। यसअघि पहिले ब्याटिङ गर्दै नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएपछि पीएनजी ब्याटिङमा उत्रिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .