ad ad

खेल


लगातार दुई खेलमा नेपालको हार, एसियाली ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरियो

लगातार दुई खेलमा नेपालको हार, एसियाली ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरियो

तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
चैत २५, २०७९ शनिबार १९:५५, काठमाडौँ

लगातार दुई खेलमा हार बेहोर्दै नेपाल पेरिस ओलम्पिक अन्तर्गत एसियाली छनोटको पहिलो चरणबाटै बाहिरिएको छ।

घरेलु मैदानमा भएको दुई खेलमा लगातार हार भोग्दै नेपाल पहिलो चरणबाट बाहिरिदा भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ।

पहिलो खेलमा ५–१ को हार भोगेको नेपालले दोस्रो खेलमा २–० ले पराजित भयो। खेलको सुरुवातमा नै २–० ले पछि परेको नेपालले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको छैटौं मिनेटमा भियतनामकी पाम हाइ ऐनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन्। त्यसको एक मिनेटमा नै ऐनले नै व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्। 

नेपालले खेलको दोस्रो हाफमा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको स्थानमा अञ्जना रानामगरलाई मौका दिएको थियो। 

खेलको ३९ औं मिनेटमा सावित्रा भण्डारीको प्रहार भियतनामकी गोलरक्षकले बचाउँदा नेपालले गोल गर्ने सुन्दर मौका गुमायो। 

६६ औं मिनेटमा दिपा शाहीको प्रहार फस्ट बारमा लाग्दै बाहिरिदा नेपालले गोल गर्ने सुन्दर मौका खेर फाल्यो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले लगातार हार व्यहोदै समुह चरणबाटै बाहिरिएको हो।

ओलम्पिक छनोटमा नेपाल समुह सी मा रहेको थियो। नेपाल रहेको समुहमा प्यालेन्स्टाइन र अफगानिस्तान रहेपनि दुई टोलीले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र खेलेका हुन्।

यसअघि सन् २०१८ मा भएको टोकीयो ओलम्पिक छनोटमा नेपाल दोस्रो चरणसम्म प्रवेश गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .