खेल


एसीसी प्रिमियर कप : नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

एसीसी प्रिमियर कप : नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

नेपाली क्रिकेट टोली। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १५:५५, काठमाडौँ

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाटन खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल मल्ल र भीम सार्कीले सतकीय साझेदारी गरेपछि नेपाल ६ विकेटले विजयी भएको हो।

मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा पूरै ५० ओभरमा २३५ रन बनाएको थियो।

मलेसियाले दिएको मध्यम स्कोर पछ्याएको नेपालले ३६‍‍.२ ओभरमा ४ विकेट गुमाउँदै जित निकालेको हो। 

नेपालको जितमा ब्याटिङतर्फ कुशल मल्ल र भीम सार्की नायक सावित भए। उनीहरुले भीम सार्कीले ७१ र कुशलले ७० रन बनाए।

नटआउट रहेका कुशलले ४० बलमा ७० रन हानेका थिए। उनले त्यसक्रममा ५ चौका र ५ छक्का पनि हाने।

उता भीमले पनि ९८ बलमा ७१ रन बनाए। उनले आफ्नो पालीमा ५ चौका पनि हाने। 

त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल ३८ बलमा ३१ रन बनाएको अवस्थामा क्याच आउट भएका थिए।

त्यस्तै आशिफ शेख ३ बलमा केबल १ रन बनाउँदै पबेलियन फर्किएका  थिए।

त्यसपछि नेपाली कप्तान रोहित पौडेल पनि अर्धशतकनजिक पुगेर पबेलियन फर्किए।

उनी ४३ बलमा ४२ रन बनाएको अवस्थामा क्याच आउट भए।

यसअघि मलेसियालाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले तीन-तीन विकेट लिए।

ललित राजवंशीको नाममा विकेट रह्यो। त्यसैगरी गुलशन झाको नाममा एक विकेट रह्यो

मलेसियाका लागि अहमद फैजले ९५ बलमा ७६ रनको सर्वाधिक स्कोर बनाए। त्यसैगरी वीरन्दीप सिंहले ९४ बलमा ४६ रनको पारी खेले।

त्यसबाहेक खिजार हायातको नाममा २२ रन र स्यार्जुल इड्रुसको नाममा २१ रन रह्यो। 

नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध पराजय भोग्नु परेको छैन। यसअघि मलेसिया र नेपाल सन् २०१८ मा एसिया कप छनोटमा भेट भएका थिए। 

त्यसबेला मलेसियालाई उसकै घरमा नेपालले १९ रनले पराजित गरेको थियो। अहिले नेपालमा भइरहेको एसीसी प्रिमियर लिगमा १० देश सहभागी छन्। 

सहभागीहरुलाई दुई समूहमा राखिएको छ। समूह 'ए' मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन्। 

उता समूह 'बी' मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएईलाई राखिएको छ। यी दुई समूहका शीर्ष दुई टिमबीच सेमिफाइनलमा भेट हुनेछ। 

फाइनलमा विजयी हुने राष्ट्र एसिया कपमा जाने छ। यो प्रतियोगिता यसै वर्ष सेप्टेम्बरमा हुने छ। समूहका शीर्ष तीनका टोली एसीसी ईमर्जिङ कपमा जाने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .