खेल


करण केसी एक्लैले लिए ४ विकेट, कुवेत दबाबमा

करण केसी एक्लैले लिए ४ विकेट, कुवेत दबाबमा

नेपालखबर
बैशाख १६, २०८० शनिबार १५:१८, काठमाडौँ

अलराउण्डर करण केसीको घातक बलिङमा एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेत संकटमा परेको छ।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा पानी परेपछि खेल पुनः रोकिएको हो। 

अलराउण्डर करण केसीको घातक बलिङमा एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेत संकटमा आएको छ। ८.२ ओभरमा नै ६ विकेट गुमाएपछि कुवेत संकटमा आएको छ। 

घातक बलिङ गरेका करण केसी एक्लैले ५ विकेट लिए। घातक बलिङ गरेका करणले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चे। 
नेपालका लागि अर्को विकेट सोमपाल कामीले लिए। करणले कुवेतका ४ ब्याटरलाई क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। 
कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनुपर्नेछ। 

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३३ रन बनाएर खेलिरहेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २ सय ८१ रनको योगफल तयार पारेको थियो। तर डकवर्थ लुइस मेथडका आधारमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .