खेल


त्रिवि क्रिकेट मैदानमा रोकिएन पानी, बीचमै रोकिन सक्छ आजको खेल

त्रिवि क्रिकेट मैदानमा रोकिएन पानी, बीचमै रोकिन सक्छ आजको खेल

पानी परेपछि त्रिवि क्रिकेट मैदानको पिच त्रिपालले छोपिएको छ। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
बैशाख १८, २०८० सोमबार १२:४२, काठमाडौँ

एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल वर्षाका कारण फेरि रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा आज मात्रै पटक पटक पानी परेर खेल प्रभावित भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।

खेल रोकिएपछि अहिले झन् ठूलो पानी परेको छ। पानीबाट जोगाउन पिचसहित मैदानको अन्य भाग पनि त्रिपालले छोपिएको छ। 

सोमबार नै १६ ओभरमा यूएईले ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।

ठूलो पानी परेकाले यदि आज यूएईको बाँकी इनिङ र नेपालको जवाफी ब्याटिङ हुन नसके बाँकी खेल भोलि खेलाइनेछ। 

पानीका कारण बाँकी खेल भोलि पनि हुन नसके छिनोफानो सुपर ओभरबाट हुनेछ। सुपर ओभर पनि हुन नसके नेपाल ओडीआई वरीयताको आधारमा एसिया कप पुग्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .