ad ad

खेल


काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि, किर्गिस्तानसँग भिड्दै आयोजक नेपाल

काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि, किर्गिस्तानसँग भिड्दै आयोजक नेपाल

तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ ८, २०८० सोमबार ७:४८, काठमाडौँ

एनएससी काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगिता आज (मंगलबार) काठमाडौंमा सुरु हुँदै छ। पहिलो दिन आयोजक नेपाल किर्गिस्तानसँग भिड्दै छ।  

नेपाल र किर्गिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा अपराह्न साढे ४ बजे सुरु हुनेछ। साविक विजेतासमेत रहेको नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ।

च्यालेन्ज कपमा आज चार खेल हुनेछन्। बिहान साढे ९ बजे सुरु हुने पहिलो खेलमा उज्वेकिस्तान र श्रीलंका भिड्दै छन्। 

मध्याह्न १२ बजे बंगलादेश र भारत खेल्नेछन्।

आजको अन्तिम खेल मालदिभ्स र काजकिस्तानबीच हुनेछ। यो प्रतिस्पर्धा राति ७ बजे सुरु हुने तालिका छ।

च्यालेन्ज कपमा ८ टोली सहभागी हुनेछन्।

नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्ने छ। 

समूह एमा नेपालसँगै भारत, बंगलादेश र किर्गिस्तान छन्। समूह बीमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान छन्।

दुई समूहको राउन्ड रोबिन लिगपछि शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्। पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .