ad ad

खेल


लगातार दोस्रो जितसँगै नेपाल र भारत सेमिफाइनलमा

लगातार दोस्रो जितसँगै नेपाल र भारत सेमिफाइनलमा

सेमिफाइलनमा पुगेपछि नेपाली टोली। तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ ९, २०८० मंगलबार १६:३७, काठमाडौँ

घरेलु मैदानमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा लगातार दोस्रो जित निकाल्दै आयोजक नेपाल र भारत एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

एकपक्षीय खेलमा नेपालले बंगलादेशलाई २५–१०,२५–८ र २५–९ को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

लगातार दोस्रो जित निकालेका नेपाल र भारतले समान ६ अंक जोड्दै सेमिफाइनल पुगेका हुन्। समूह चरणको अन्तिम खेलमा भोलि नेपाल र भारत तथा बंगालदेश र कीर्गिस्तान खेल्नेछन्। भोलि हुने नेपाल र भारतबीचको खेलले समूह विजेताको टुङ्गो लाग्नेछ।

घरेलु प्रतियोगितामा उच्च प्रर्दशन गर्दै आएका चार युवा खेलाडीले राष्ट्रिय भलिबल टोलीमा डेब्यु गरेका छन्। बंगलादेशविरुद्धको खेलमा प्रगती नाथ, पूजा चौधरी, कविता भट्ट र सेटर शान्ती कला राईले डेब्यु गरे।

नेपाल रहेको समूह ए बाट भारत र नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान बनाएका हुन्।

आजै भएको समूह ए को पहिलो खेलमा भारतले काजकिस्तार्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो।

पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको भारतले दोस्रो सेट २५–८ र अन्तिम सेटमा २५–८ को सहज जित निकाल्यो।

लगातार दोस्रो जित निकालेका नेपाल र भारतले समान ६ अंक जोड्दै सेमिफाइनल पुगेका हुन्। समूह चरणको अन्तिम खेलमा भोलि नेपाल र भारत तथा बंगालदेश र कीर्गिस्तान खेल्नेछन्।

आजै भएको समूह बी को पहिलो खेलमा काजकिस्तानले श्रीलंकामाथि ३–१ को संर्घषपूर्ण जित निकालेको छ। काजकिस्तानले श्रीलंकामाथि २५–१६, २८–२६ ,२५–१८, २९–२७ को सर्घषपूर्ण जित निकाल्यो।

काजकिस्तानले पहिलो सेटमा २५–१६ को सहज जित निकालेको थियो। दोस्रो सेटमा काजकिस्तानले श्रीलंकामाथि २८–२६ को निकै संघर्षपूर्ण जित निकाल्यो। तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको श्रीलंकाले काजकिस्तानमाथि २५–१८ को सहज जित निकालेको काजकिस्तानले चौथो तथा अन्तिम सेटमा २९–२७ ले हरायो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .