घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपाल तेस्र भएको छ।
नेपालले उज्वेकिस्तानविरुद्ध ३-१ सेटको जित निकालेको हो। यो प्रतियोगिताका अघिल्ला दुई संस्करणको नेपाल च्याम्पियन थियो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलको पहिलो सेट २०-२५ ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो।
दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको नेपालले तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो।
चौथो तथा अन्तिम सेटमा २५–१३ को सहज जित निकाल्दै नेपाल च्यालेन्ज कपमा तेस्रो भएको हो। पराजित उज्वेकिस्तान चौथो भयो।
69
Shares
प्रतिक्रिया