खेल


पारस खड्का क्रिकेट संघको काठमाडौं जिल्ला सदस्य निर्वाचित

पारस खड्का क्रिकेट संघको काठमाडौं जिल्ला सदस्य निर्वाचित

नेपालखबर
साउन ३०, २०८० मंगलबार २१:१, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन्।

मंगलबार काठमाडौंमा नक्सालमा भएको साधारण सभाले उनलाई कार्यसमिति सदस्य चयन गरेको हो। 

साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। 

‘आज भएको काठमाण्डौ जिल्ला क्रिकेट संघको चौंथो अधिवेशनबाट मलाई जिल्ला कार्यसमिति सदस्य बनाई आधिकारिक रुपमा नेपाल क्रिकेटको विकाश तथा विस्तारको लागि अघि बढ्न सहयोग गर्नुहुने सबैमा विशेष आभार प्रकट गर्न चाहान्छु,’ खड्काले सामाजिक सञ्जालमार्फत् भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .