स्पेनिस ला लिगा फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना विजयी भएको छ।
भिल्ला रियालविरुद्धको खेलमा बार्सिलोनाले ४-३ गोलको जित दर्ता गराएको हो।
रोमाञ्चक खेल बार्सिलोनाले जित्दा रोबर्ट लेवान्डोस्कीले निर्णायक बने। तर यो खेलमाा बार्सिलोना सुरुमै २ गोलले अग्रता बनाउन सफल भएको थियो।
बार्सिलोनाको २ गोलको अग्रता तोड्दै भिल्ला रियलले अप्रत्यासित अग्रता बनाएको थियो। खेलको ५० औँ मिनेटमा भिल्ला रियालले खेललाई ३-२ मा पुर्याएको थियो।
भिल्ला रियाललाई अग्रता दिलाउने क्रममा अलेक्जेन्डर सोरलोथ, जुआन फोयथ र एलेक्स बेनले गोल गर्न सफल भए।
त्यसअघि बार्सिलोनाका लागि भाभी र फ्र्याङ डि जोङले १-१ गोल गर्दै अग्रता दिलाएका थिए।
तर खेलको दोस्रो हाफको सुरुवातमा ३-२ ले पछि परेको बार्सालाई ६८ औँ र ७१ औँ मिनेटमा टोरेस र लेवान्डोस्कीले गोल गरेर जिताए।
यससँगै बार्सिलो यो सिजनको सुरुवाती ३ खेलबाट ७ अंक बनाउन सफल भएको छ।
Shares
प्रतिक्रिया