खेल


भारत र पाकिस्तानसँग प्रतिस्पर्धात्मक खेल खेल्छौं : कप्तान रोहित पौडेल (भिडिओ)

‘यो हामी सबैका लागि ठूलो अवसर हो’
भारत र पाकिस्तानसँग प्रतिस्पर्धात्मक खेल खेल्छौं : कप्तान रोहित पौडेल (भिडिओ)

नेपालखबर
भदौ १२, २०८० मंगलबार २१:३९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा भारत र पाकिस्तान दुवैसँग प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन्। 

बुधबार नेपालले पाकिस्तानसँग एसिया कप खेल्दैछ। त्यसअघि मंगलबार प्रिम्याच कम्फरेन्समा कप्तान पौडेलले आफूहरू हरेक बललाई ध्यान दिएर खेल्ने बताए। 

पहिलोपटक एसिया कप खेल्न लागेको बताउँदै पौडेलले नेपालका लागि पाकिस्तानसँगको प्रतिस्पर्धा ठूलो उपलब्धि भएको बताए।

‘हामी पहिलोपटक एसिया कप खेल्दैछौं। यो हाम्रा लागि ठूलो उपलब्धि हो। पाकिस्तान राम्रो टोली हो। हामी पाकिस्तान र भारत दुवैसँग प्रतिस्पर्धात्मक खेल खेल्छौं,’ कप्तान पौडेलले भने। 

साथै, उनले आफूहरुको लक्ष्य एक खेल एक जित भएको पनि बताए। 

‘हाम्रो लक्ष्य भनेको एक खेल एक जित हो। हामी हरेक बललाई ध्यान दिएर खेल्ने छौं। हामीले राम्रो तयारी गरेका छौं,’ उनले भने, ‘हामी यो पाउन लायक थियौं। त्यसैले अहिले यहाँ छौं। भोलि प्रतिस्पर्धात्मक नै खेल्ने छौं।’

पाकिस्तानभन्दा आफूहरूको अनभुव कमजोर भएको भन्दै उनले अघि भने, ‘हाम्रो फरक भनेको हामीमा अनुभवको कमी छ। तर बलिङ र ब्याटिङ दुवै टिम (नेपाल र पाकिस्तान) को उस्तै हो।’

पाकिस्तान र भारतसँग विश्वस्तरीय बलर र ब्याटर रहेको उनले सुनाए। उनले पाकिस्तानको हस्पिटालिटी पनि राम्रो रहेको पनि बताए। 

‘यहाँको हस्पिटालिटी एकदम राम्रो छ। यहाँका मान्छेहरू राम्रा छन्,’ उनले भने, ‘रिजवानसँग भेट भयो। उहाँ नेपाल आउँदा भनेको थियो, हामी चाँडै भेट्नै छौं, त्यो अवसर भनेको एसिया कप हो।’

जिम्बावेमा भएको विश्वकप क्वालिफायर र इमर्जिङ एसिया कप पनि एसिया कपको तयारी रहेको उनले बताए। 

पाकिस्तानी क्रिकेट खेलाडी रिजवान महम्मदले आफ्नो अनुभव आफूहरुलाई सुनाएको भन्दै उक्त कुरा ठूलो अवसर भएको उनले बताए। 

‘म पहिलोपटक पाकिस्तान आएको हुँ, आज यहाँको पीच पनि हेर्यौं, भोलिको खेल राम्रो हुन्छ भन्ने आशा छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .