फ्रान्सेली टोलीका कप्तान तथा फरवार्ड केलियन एमबाप्पेको २ गोल मद्दत मा पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग १ मा सानदार जित दर्ता गरेको छ।
आइतबार राति भएको खेलमा पीएसजीले लियोनमाथि ४–१ को फराकिलो जित दर्ता गर्यो।
पीएसजीको जितमा एमबाप्पेले दुई तथा अच्राफ हाकिमी र मार्को एसेन्सियोले एक एक गोल गरे। लियोनका लागि टोलीसोले एक गोल फर्काए।
खेलको चौथो मिनेटमै कोरेन्टिन टोलिसोले म्यानुएल उगार्टेलाई फाउल गरेपछि पीएसजीले पेनाल्टीको मौका पाएको थियो। जुन अवसरमा एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।
खेलको २० औं मिनेटमा हामीकीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। ३८ औं मिनेटमा एसेन्सियोले गोल गर्दै पीएसजीलाई ३–० को फराकिलो अग्रता दिलाए।
पहिलो हाफको इन्ज्युरी समयमा एमबाप्पेले एसेन्सियोको पासमा गोल गर्दै पहिलो हाफमा पीएसजीलाई ४–० को फराकिलो अग्रता दिलाए।
एमबाप्पेले ३ खेलमा ५ गोल गरिसकेका छन्।
सन् १९६६ पछि लियोन पहिलो पटक लिगको पहिलो हाफमा ४–० ले पछि परेको हो। खेलको ७४ औँ मिनेटमा टोलीसोले पेनाल्टीमा गोल गर्दै टोलीका लागि सान्त्वना गोल गरे।
अंक तालिकाको दोस्रो स्थानमा रहेको पीएसजी अपराजित रहँदै ८ अंक बनाएको छ।
Shares
प्रतिक्रिया