ad ad

खेल


विश्वकप एसिया छनोटको उपाधि ओमानलाई, सुपर ओभरमा नेपाल पराजित

विश्वकप एसिया छनोटको उपाधि ओमानलाई, सुपर ओभरमा नेपाल पराजित

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
कात्तिक १९, २०८० आइतबार १४:३९, काठमाडौँ

सुपर ओभरमा घरेलु टोली नेपाललाई हराउँदै आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि ओमानले उचालेको छ। 

ओमानले अपराजित रहेर एसिया क्षेत्र छनोटको उपाधि हात पारेको हो। 

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९  विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो। 

सुपर ओभरमा नसिम खुसी अकिब इलियासले २१ रन बनाएका थिए। २२ रनको नयाँ लक्ष्य पाएको नेपालका लागि कुशल भुर्तेल पहिलो बलमा नै क्याच आउट भए। 

त्यसअघि अकिब इलियास ३३ रन बनाउँदा गुल्सन झाको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। 

कप्तान जेशन मक्सुद २६ रनमा क्याच आउट हुन पुगे। १६औं ओभरको दोस्रो बलमा विवेक यादवले कप्तान मक्सुदलाई रोहित पौडेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्वपुर्ण विकेट दिलाएका  थिए। 

१७ औं ओभरको पाँचौ बलमा अविनास बोहोराले ओपनर कश्यव प्रजापतिलाई क्याच आउट गराए। ५२ बलमा ३ चौका र ४ छक्का हान्दै ६३ रन बनाएका प्रजापति रोहित पौडेलको हातबाट क्याच आउट भए।

करण केसीको बलमा मेहरान खान १० र नसिम खुसी १ रनमा क्याच आउट हुँदै पवेलियन फर्के। प्रतिक अथभाले ७ रनमा सोमपाल कामीको बलमा एलबीडब्लु धरापमा परे। 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी, गुल्सन झा, अविनास बोहोरा, विवेक यादवको नाममा  समान १ विकेट रह्यो। 

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो। 

कप्तान रोहित पौडेल ५२ र करण केसी २० रनमा नटआउट रहे। 

कप्तान रोहितले ३७ बलमा ५ चौका र २ छक्का मद्धतमा ५२ रनमा अविजित रहे। रोहितले ३६ बलमा ५ चौका र २ छक्का मद्धतमा अर्धशतक पूरा गरे। टी–२० आइमा रोहितको यो पाचौं अर्धशतक हो। 

६ बलमा १ चौका र २ छक्का हानेका करण २० रनमा नटआउट रहे। 

पाचौं विकेटका लागि गुल्सन झा  कप्तान पौडेलले ७८ रनको साझेदारी गरे। 

नेपालका लागि गुल्सन झा ले सर्वाधिक ५४ रनको योगदान दिए। २५ बलमा ५ चौका र ४ छक्का हानेका गुल्सन विलाल खानको बलमा शकिल हमिदको हातबाट क्याच आउट भए। 

टी २० आईमा पहिलो अर्धशतक पूरा गर्ने क्रममा गुल्सनले २० बलमा ५ चौका र ४ छक्का मद्धतमा अर्धशतक पूरा गरे। 

ओपनर कुशल भुर्तेल ३१ रनमा क्याच आउट भए। आठौ ओभरको पहिलो बलमा कुशल ३१ रन बनाएर क्याच आउट भए। २२ बलमा ३ चौका र २ छक्का हानेका कुशल अकिब इलियासको बलमा मेहरन खानको हातबाट क्याच आउट भए।

सन्दीप जोरा १० रन बनाएर पवेलियन फर्के। दशौं ओभरको अन्तिम बलमा कुशल मल्ल बोल्ड आउट भए। तेस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमाएको थियो। ६ रन बनाएका आशिफ विलाल खानको बलमा कश्यक प्रजापतिको हातबाट क्याच आउट भए। 

विवेक यादव १ रनमा क्याच आउट भए। 

ओमानका लागि विलाल खान एक्लैले तिन विकेट लिए। अकिब इलियास दुई विकेट झारे। जेशस मक्सुदको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .