खेल


सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउन भारतलाई किन छैन सजिलो?

सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउन भारतलाई किन छैन सजिलो?

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १४:१५, काठमाडौँ

विश्वकपको लिग चरण सकिएपछि भारतीय फ्यानहरूको नजर अब बुधबार हुने भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेलमा केन्द्रित भएको छ।

मुम्बईको वानखेडे स्टेडियममा बुधबार हुने यो खेलबाट भारतीय फ्यानले ठूलो अपेक्षा गरेका छन्। किनकि यो त्यही मैदान हो– जहाँ सन् २०११ मा धोनीको नेतृत्वमा रहेको भारतीय क्रिकेट टोली दोस्रोपटक एकदिवसीय विश्वकप जित्न सफल भएको थियो।

भारत यस विश्वकपमा आफ्ना ९ लिग खेल जितेर यो प्रतियोगिता जित्ने सबैभन्दा बलियो दाबेदार हो।

तर, आईसीसी प्रतियोगितामा भारतविरुद्ध न्युजिल्यान्डको उत्कृष्ट कीर्तिमानलाई ध्यानमा राख्दै आयोजक टोलीले भने सतर्कता अपनाउनुपर्नेछ।

आईसीसी प्रतियोगितामा हालसम्म दुई टोलीबीच १० खेल भएका छन्, जसमध्ये ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ।

यद्यपि लिग चरणमा भारतले धर्मशालामा न्यूजिल्यान्डलाई हराएको थियो, जुन २००३ को विश्वकपपछि पहिलोपटक थियो। 

अहिले भारतसँग इंग्ल्यान्डमा सन् २०१९ को विश्वकपको सेमिफाइनलमा भएको हारको बदला लिने अवसर छ। उक्त खेलमा अधिकांश समय भारतले अग्रता लिए पनि करिब एक घण्टाको खराब प्रदर्शनका कारण भारतीय टोलीले हार बेहोरेको थियो।

रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीले मुम्बईमा आफ्नो उत्कृष्ट कीर्तिमानलाई थप सुधार गर्ने प्रयास गर्नेछ।

यस मैदानमा खेलेका २१ खेलमध्ये भारतीय टोलीले १२ खेल जितेको छ भने ९ खेलमा हार बेहोरेको छ।

पछिल्लो खेलमा सबै भारतीय ब्याट्सम्यानले देखाएको प्रदर्शनले आशा देखाएको छ। यस विश्वकपमा बलरको प्रदर्शन पनि प्रशंसनीय नै छ। भारतले खेलेका ९ खेलमा विपक्षी टोलीबाट ८६ विकेट लिएको छ, जुन आफ्ना बलरको क्षमता देखाउन पर्याप्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .