ad ad

खेल


कोशी प्रदेशलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन

कोशी प्रदेशलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन

तस्बिर : नेपालखबर


लक्ष्मी जि.सी
पुस १८, २०८० बुधबार १३:५८, काठमाडौँ

कोशी प्रदेशलाई पराजित गर्दै एपीएफले काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। 

बुधबार सम्पन्न फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि उचालेको हो। अघिल्लो सिजन सेमिफाइनलबाटै बाहिरिएको एपीएफले दुई वर्षपछि उपाधि हात पारेको हो। 

कोशी अघिल्लो संस्करण पनि उपविजेतामा नै सीमित भएको थियो। कोशी यसअघि सुदूरपश्चिमसँग पराजित हुदै उपविजेता नै भएको थियो। 

एपीएफले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाउन सक्यो। 

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकिनन्। 

रुविनाले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा करुणा भण्डारीको बलमा आउट भइन्। 

काजल श्रेष्ठ २२ रन थपिन्। काजल सिता राना मगरको बलमा बोल्ड आउट भइन्। अप्सरी वेगम ८ र लकिता राजवंशी ६ रनमा रनआउट भइन्। 

सवनम राई २ र बिमला महत शुन्य रनमा नटआउट रहे।  एपीएफका लागि करुणाले एक विकेट लिइन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको थियो। 

इन्दु बर्मा ५३ रनका क्याच आउट भइन्। ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरेकी इन्दु अप्सरीको बलमा क्याच आउट हुन पुग्नि। जारी प्रतियोगितामा इन्दुको यो तेस्रो अर्धशतक हो। 

ओपनर ज्योति पाण्डे २७ रनमा क्याच आउट भइन्। ३० बलको सामना गरेकी ज्योतीले ३ चौका प्रहार गरिन्। रोमा थापा १४ रन बनाउँदा क्याच आउट हुन पुगिन्।

सरिता मगर ९ रनमा नटआउट रहिन्। ममता चौधरीले ३ रन थपिन्। कप्तान सीता रानामगर १ रनमा बोल्ड आउट भइन्। 

कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक विकेट लिइन्। उनले अन्तिम ओभरको पहिलो बलमा इन्दु बर्मालाई पवेलियनको बाटो देखाइन्।

दोस्रो बलमा नेरी थापा र तेस्रो बलमा सम्झना खड्कालाई शुन्य रनमा पवेलियनको बाटो देखाइन्। यो प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट हो। 

एलिसा खाडीयाले २ विकेट लिइन्। रुविना क्षत्री र निशा शाहले समान एक विकेट लिए।  

पहिलो पटक राउण्ड रोविनमा भएको प्रतियोगितामा ७ प्रदेश र एपीएफ गरि ८ टोली सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .