घरेलु मैदानमा जारी तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलअन्तर्गत नेपालले क्यानडासँग विकेटका लागि संघर्ष गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा आएको हो।
पावर प्लेमा नेपालले क्यानडाविरुद्ध विकेटका लागि संघर्ष गरिरहेको छ।
१० ओभरको समाप्तिमा क्यानडाले विकेटको क्षतिबिनै ५६ रन बनाएर खेलिरहेको छ।
ओपनर आरोन जोनसन र नभनित डालिवालले ५६ रनको साझेदारी गर्दै क्यानडालाई उत्कृष्ट सुरुवात दिलाएका छन्।
नेपालले पहिलो खेलबाट मुख्य प्रशिक्षक मोन्टी देसाइले आज तीन खेलाडी परिवर्तन गरेका छन्। कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी बेन्चमा छन्।
आकाश चन्दले डेब्यु गरेको खेलमा देव खनाल र अनिल शाहले पुनरागमन गरेका छन्।
210
Shares
प्रतिक्रिया