ad ad

खेल


कप्तान रोहितले दिलाए दोस्रो विकेट

कप्तान रोहितले दिलाए दोस्रो विकेट

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०८० शनिबार ११:५९, काठमाडौँ

नेपाली टोलीका कप्तान रोहित पौडेलले नेपाललाई दोस्रो विकेट दिलाएका छन्। 

कप्तान रोहितले ३१.५ ओभरमा निकोलस किर्टनलाई २० रनमा क्याच आउट गराए। ३८ बलमा ६ चौका हानेर निकोलस रोहितको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। 

त्यसअघि ओपनर आरोन जोनसन २२.२ ओभरमा ६५ रन बनाउँदा रन आउट हुँदै पेभेलियन फर्के। 

६२ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे। 

आकाश चन्दले १८.२ ओभरमा ओपनर नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै ठुलो साझेदारी तोडेका थिए। नवनितले ६० बलमा ४६ रन बनाएर पेभेलियन फर्के। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको क्यानडाले ३१.२ ओभरमा ३ विकेटको क्षतिमा १७९ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .