ad ad

खेल


पहिलो हाफमा चीनसामु नेपालको २–० को अग्रता

पहिलो हाफमा चीनसामु नेपालको २–० को अग्रता

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २७, २०८० शनिबार १७:२८, काठमाडौँ

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित नयाँ वर्ष कप २०२४ मैत्रीपूर्ण फुटबलको पहिलो हाफमा नेपाली युवा टोलीले अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ सकिदा नेपालले २–० ले अग्रता लिएको छ। 

नेपालका लागि सन्जीब विष्ट र समिर तामाङले समान एक गोल गरेका गरे। 

खेलको पहिलो मिनेटमा नै  चिनिया युवा टोलीका युशुका वुझोउ निमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए। 

खेलको दोस्रो मिनेटमा नै सन्जीव विष्टको गोलमा नेपालले सुरुवाती अग्रता बनायो। आयुष घलानले लेफ्ट विङमा चिनिया टोलीका डिफेन्डरलाई छक्याउँदै दिएको क्रसमा सन्जीव विष्टले हेडर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 

खेलको आठौं मिनेटमा युशुका डान्झोउ जियाङकाईको प्रहार पोस्टको थोरै टाढाबाट बाहिरियो। 
खेलको ३९औ मिनेटमा नेपाली युवा टोलीले अग्रता दोब्बर पार्यो। छिरिङ लामाको क्रसमा समिर तामाङको हेडरले पोष्टको जाली चुमेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .