खेल


टेबलटेनिसकी सिक्काले जितिन् ‘पिपुल्स च्वाइस अवार्ड’

टेबलटेनिसकी सिक्काले जितिन् ‘पिपुल्स च्वाइस अवार्ड’

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २८, २०८० आइतबार १८:३८, काठमाडौँ

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले जितेकी छन्। 

आइतबार अपरान्ह भएको स्पोर्ट्स अवार्डमा उनले पिपुल्स च्वाइस अवार्ड जितेकी हुन्।

टेबलटेनिसकी सिक्का डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन्।

राष्ट्रिय खेलकुद महिला एकलमा तेस्रो तथा टिम इभेन्टमा रजत जित्न सफल सिक्का यो वर्ष अन्य चर्चित खेलाडीहरूलाई पछि पार्दै पिपुल्स च्वइस अवार्ड जित्न सफल भएकी हुन्। 

विश्व महिला टेबलटेनिस वरीयतामा ५१० सम्म पुग्न सफल सिक्का यसै वर्ष भएको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २०८० विजेतासमेत हुन्। 

दक्षिण कोरियामा भएको एसियन च्याम्पियनसिपमा सहभागी सिक्का यसै वर्ष चीनमा भएको एसियन गेम्समा समेत सहभागी थिइन्। 

पिपुल्स च्वाइस अवार्डका लागि राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, शारीरिक सुगठनकी रजनी श्रेष्ठ, टेबल टेनिसकी सिक्का मनोनयनमा पर्न सफल भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .