क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम ओडीआई खेलमा भीम सार्कीले अर्धशतक पूरा गरेका छन्।
ओडीआईमा भीमको यो चौथो अर्धशतक हो।
भीमले ३१ औँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन्। भीमले ७८ बलमा ५ चौका मद्दतमा अर्धशतक पूरा गरे।
यसअघि अनिल शाहले लगातार क्यानडाविरुद्ध लगातार दोस्रो अर्धशतक प्रहार गरेका थिए।
क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा १ सय ४७ रन बनाएर खेलिरहेको छ।
ओपनर अनिल शाह ७५ रनमा नटआउट छन्।
132
Shares
प्रतिक्रिया