ad ad

खेल


आईसीसी विश्वकप लिग २ : क्यानडाले नेपाललाई दियो २५४ रनको लक्ष्य

आईसीसी विश्वकप लिग २ : क्यानडाले नेपाललाई दियो २५४ रनको लक्ष्य

जितका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ सय ५४ रनको लक्ष्य पाएको छ (क्यान)


नेपालखबर
असोज १, २०८१ मंगलबार ०:३८, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध जितका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ सय ५४ रनको लक्ष्य पाएको छ।

क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५३  रनको योगफल तयार पारेको हो।

क्यानडाका लागि कप्तान निकोलस पुरन ७३ रनमा अविजित रहे। उनले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। अखिल कुमार शून्य रनमा नटआउट रहे। 

ओपनर नवनित डालिवालले बनाएको ४८ रन नै सर्वाधिक रह्यो। ओपनर नवनित डालिवालले ९० बलमा ४ चौका प्रहार गर्दै ४८ रन बनाउँदा गुल्सन झा को बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। 

पारगत सिंह ३५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे। उनले ७४ बलमा ४ चौका प्रहार गरे। 

अर्का ओपनर आरोन जोनसन १० रन बनाउँदा ललित राजवंशीको बलमा आउट भए। 

हर्ष ठाकेर २७ रनमा रनआउट भए। श्रेयास मोभ्भा ४ रन बनाउँदा कप्तान रोहित पौडेलको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए।

२७ बलमा २ चौका र २ छक्का हानेका डिलोन हेलिगंर २३ रन बनाउँदा ललित राजवंशीको बलमा कुशल भुर्तेलको हातबाट आउट हुँदै पेभेलियन फर्के। 

साद विन जफर १७ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीले क्याच लिर्दै आउट गरे। 

कलिम सना १० रन थप्दै पेभेलियन फर्के। 

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए। सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले  समान एक विकेट आफ्नो नाममा गरे।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .