ad ad

खेल


करणको त्यो अन्तिम ओभर...

करणको त्यो अन्तिम ओभर...

अन्तिममा नतिजा नेपालको पक्षमा ल्याएपछि करण केसी। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १५:४८, काठमाडौँ

नामिबियाविरुद्धको खेलमा अलराउन्डर करण केसी फेरि एक पटक नायक सावित भएका छन्। 

नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक परेको बेलमा करण बलिङमा आएका थिए।

दबाबबीच आएका करणले अन्तिम ओभरको पहिलो बलमा ग्रीनलाई १ रन दिए।

दोस्रो बलमा श्रवेन ट्रम्पलम्यानलाई १ रन दिएका उनले तेस्रो बल भने डट राखे। चौथो बल वाइड फालेका करणले अर्को बलमा ग्रीनलाई एक रन दिएका थिए। 

अब जितका लागि नामिबियालाई दुई बलमा सात रन आवश्यक थियो। खेल रोमाञ्चक मोडमा पुगेको थियो। 

त्रिवि मैदानमा उत्साहित हुँदै दर्शक उठेर खेल हेरिरहेका थिए।

मैदानमा भने करण केसी पनि निकै दबाबमा देखिन्थे। त्यही बीचमा ओभरको पाँचौ बलमा करणले ट्रम्पलम्यानको विकेट लिएपछि नेपालले जित पक्का गरिरसकेको थियो।

इनिङस्को अन्तिम बलमा करणले चौका खाएपनि नेपाललाई ३ रनको रोमाञ्चक जित दिलाए। 

त्यसअघि १५ औँ ओभरमा करण केसीले २३ रन खर्चिएपछि खेल नामिबियाको पक्षमा पुगेको थियो।

१५ औँ ओभरमा करण तिन छक्का खाँदै सबैभन्दा धेरै रन खर्चिन पुगे।

उनले १५ औँभरको पहिलो, तेस्रो र पाँचौँ बलमा छक्कासहित २३ रन खर्चिँदा नेपालमाथि दबाब बढेको थियो।

तर उनैलाई कप्तान रोहित पौडेलले विश्वास गर्दै अन्तिम ओभरमा बलिङका लागि बोलाए। जुन निर्णयलाई सही सावित गर्दै करणले नेपालको पक्षमा नतिजा ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .