यसै सिजन अमेरिकी मेजर लिग सकरमा डेब्यु गरेका लुइस सुआरेजले इन्टर मियामीका लागि दुई गोल गरेका छन्।
गएराति भएको खेलमा ओर्लान्डो सिटीमाथि ५–० को फराकिलो अन्तरले पराजित गर्यो
मियामीको जितका सुआरेज र लियोनल मेस्सीले समान दुई गोल गरे। रोब टेलरको नाममा एक गोल रह्यो।
सिजनको अघिल्लो खेलमा रियल साल्ट लेकविरुद्ध डेब्यु गरेका सुआरेजले दोस्रो खेलमा दुई गोल गरे। उनले दुई गोलमा असिस्ट प्रदान गरे।
खेलको चौथो मिनेटमा नै सुवारेजको गोलमा मियामीले सुरुवाती अग्रता बनाएको थियो। ११ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दा अग्रता दोब्बर पारे। उनको दुबै गोलमा जुलियन ग्रेसेलले पास गरे।
२९ औँ मिनेटमा टेलरको गोलमा मियामीले ३–० को अग्रता बनायो।
खेलको ५७ औँ मिनेटमा लियोनल मेस्सीले गो लगरे। एक पक्षिय खेलको ६२ औँ मिनेटमा मेस्सीले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि पाचौँ गोल गरे।
लगातार दोस्रो जितसँगै इन्टर मियामी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
Shares
प्रतिक्रिया