नेपाली महिला टोलीलाई पराजित गर्दै भारतीय टोली साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा भारतले घरेलु टोली नेपालमाथि १०–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
च्याम्पियनसिपमा दोस्रो जित निकाल्दै भारतले उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गरेको हो।
भारतले पहिलो खेलमा भुटानमाथि ७–० को फराकिलो जित दर्ता गरेको हो। दोस्रो खेलमा भने बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।
उता नेपाल भने पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो। दोस्रो खेलमा भने भुटानलाई ३–० को अन्तरले हराएको थियो।
यो सँगै नेपालले तेस्रो स्थानमा रहेर च्याम्पियनसिप सकाएको छ। लिग चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेश र भुटान खेल्नेछन्।
Shares
प्रतिक्रिया