ad ad

खेल


ब्रेन्टफर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

ब्रेन्टफर्डलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

नेपालखबर
फागुन २७, २०८० आइतबार ८:८, काठमाडौँ

ब्रेन्टफर्डलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

शनिबार भएको प्रतिस्पर्धामा ब्रेन्टफर्डविरुद्ध २–१ को जित हासिल गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिन सफल भएको हो।

आर्सनलका लागि डेकलन राइस र काई हाभेर्ट्जले एक÷एक गोल गरेका हुन्।  खेलको १९औँ मिनेटमा बेन व्हाइटको क्रसमा हेडरमार्फत गोल गरेर राइसले आर्सनललाई अघि बढाएका थिए। 

तर पहिलो हाफको अन्त्यतिर आर्सनलका गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न खोजेको बल योआन विस्सालाई लागेर पोस्टमा छिरेपछि खेल बराबरीमा आएको थियो।

तर खेलको ८६औँ मिनेटमा व्हाइटकै पासमा हाभेर्ट्जले फ्रि–हेडर प्रहार गर्दै गोल थपेपछि आर्सनल २–१ का साथ विजयी भयो। 

जितसँगै २८ खेलबाट ६४ अंक जोडेर आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेका लिभरपुल ६३ अंकका साथ दोस्रो र ६२ अंकका साथ म्यानचेस्टर सिटी तेस्रो स्थानमा छन्। 

आइतबार लिभरपुल र सिटी भिड्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .