हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यु गिनी (पीएनजी) ले दोस्रो विकेट गुमाएको छ।
पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान सेसे बउ रन आउट भएर पेभेलियन फर्किएका हुन्।
उनलाई गुलशन झाले रन आउट गराएका हुन्।
सेसेले पेभेलियन फर्किनुअघि २१ रन बनाएका थिए।
उनले १३ बलको सामना गरी एक छक्का र दुई चौका हाने।
३.२ ओभरमा सेसे आउट हुँदा पीएनजीले ३६ रन बनाएर खेलिरहेको छ।
57
Shares
प्रतिक्रिया