ad ad

खेल


पीएनजीविरुद्धको फाइनल भिडन्तमा नेपाल ८६ रनले पराजित

पीएनजीविरुद्धको फाइनल भिडन्तमा नेपाल ८६ रनले पराजित

तस्बिर : क्यान नेपाल


नेपालखबर
फागुन ३०, २०८० बुधबार १५:१०, काठमाडौँ

हङकङमा भएको टी-२० क्रिकेट सिरिजको फाइनल खेलमा नेपाल पराजित भएको छ।

बुधबार भएको फाइनल भिडन्तमा नेपाल पपुवा न्यु गिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो।

हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभर ८ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल तयार पारेको थियो। 

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ३ बलमा ८५ रनमै अलआउट हुन पुग्यो।

बलिङमा राम्रो प्रदर्शन गरेको नेपालले पीएनजीविरुद्धको ब्याटिङमा कुनै जादु देखाउन सकेन। नेपालमा सबै ब्याटर फ्लप सावित भए।

नेपालका ओपनर विनोद भण्डारी दोस्रो बलमै ४ रनमा बोल्ड भए। कुशल मल्ल पनि ५ रनमै बाहिरिए।

कप्तान रोहित पौडेलको पनि प्रदर्शन निराशाजनक रह्यो। उनी केवल १२ रनमा बाहिरिए।

त्यसपछि गुलशन झाको पनि प्रदर्शन बिर्सनलागयक रह्यो। उनी ६ मा आउट हुँदा विवेक यादव केवल १ रनमै पेवेलियन गए। आरिफ शेखले १५ जोडे भने सन्दीप जोरा १७ रनमै आउट भए। 

त्यसअघि पीएनजीका ओपनर टोनी उराले नेपालविरुद्ध अर्धशतक प्रहार गरेका थिए। ३७ बलमा ५ चौका र ४ चौका हानेका टोनी ६१ रन बनाउँदा १३.४ ओभरमा कुशल भुर्तेलको बलमा विवेक यादवको हातबाट उनी क्याच आउट भएका थिए।

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३ विकेट लिएका थिए। कुशलले आफ्नो स्पेलमा २४ रन खर्चेका थिए।

करण केसी र गुल्शन झाले समान एक/एक विकेट आफ्नो नाममा गरेका थिए।

योसँगै पीएनजीले सन् २०२२ मा भोगेको हारको बदला समेत लिएको छ। यसअघि घरेलु मैदानमा भएको मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा पीएनजीलाई हराउँदै नेपालले सिरिज जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .