ad ad

खेल


एनएनआईपीए स्पोर्टस् अवार्डलाई केडिया ग्रुपले प्रायोजन गर्ने

एनएनआईपीए स्पोर्टस् अवार्डलाई केडिया ग्रुपले प्रायोजन गर्ने

नेपालखबर
चैत १, २०८० बिहिबार १७:५२, काठमाडौँ

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्दै आएको एनएनआईपीए स्पोर्टस अवार्डलाई केडिया ग्रुपले प्रायोजन गर्ने भएको छ।

बिहीबार एक कार्यक्रमकाबीच एनएनआइपीए र केडिया ग्रुपले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता पत्रमा केडिया ग्रुपका अध्यक्ष विमल केडिया र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले हस्ताक्षर गरे।

३ वर्षका लागि गरिएको सम्झौता अनुसार केडिया ग्रुपले अवार्डमा एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडीलाई जनही १ लाख रुपैयाँ तथा अवार्डको व्यवस्थापनको लागि ५० हजार गरि बार्षिक २ लाख ५० हजार प्रदान गर्नेछ।

यो पटकको स्पोर्टस अवार्ड चैत १२ गते ललितपुरको शंखमुल पुल नजिक यल दरबारमा हुनेछ।

२०७९ सालमा गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलहरुलाई आधार मानी सम्बन्धित संघले सिफारिस गरेका खेलाडीलाई एनएनआइपीएले अवार्ड प्रदान गर्ने बताएको छ।

३६ खेल मध्येका उत्कृष्ट खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट घोषित गर्दै १ लाख रुपैयाँ दिइनेछ। त्यस्तै एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मान सम्मान गरिने बताइएको छ। उनीहरू ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एकजना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्वबाट र एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित ३५ हजार रुपैयाँ पाउनेछन्। एक जना वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान हुनेछन्। उनले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एनएनआईपीए अवार्डबाट सम्मानित हुने ३६ खेलमा फुटबल,साइक्लिङ्ग, भलिबल, एथलेटिक्स, फेन्सिङ, तेक्वान्दो, ह्याण्डबल, जिम्नाष्टिक, लन टेनिस, गल्फ, हक्की, फट टेनिस, उसु, पौडी, स्क्वास, भारोत्तोलन, ट्रायोथोलन, क्रिकेट, सुटिङ ,आइटिएफ तेक्वान्दो, फूल कन्ट्याक्ट करातेका खेलाडी छन्।

त्यस्तै जुडो, कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, आर्चरी, कबड्डी, टेबल टेनिस, कराते, शारीरिक सुगठन, खो खो, पाराग्लाइडिङ, बक्सिङ,बुद्धिचाल,सेपाकटाक्रोका खेलाडी एनएनआइपिए अवार्डबाट सम्मानित हुनछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .