ad ad

खेल


नयाँ पुस्ताको सपना कोर्दै एक्स्ट्राटेक ओभल क्रिकेट मैदान (भिडिओ रिपोर्ट)


लक्ष्मी जि.सी
चैत २ , रुपन्देही

निजी लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सुरुवातको ९ महिनामै खेल्नयोग्य मैदान तयार भएको छ।

गरे के सकिँदैन र भन्ने कुराको उदाहरण उक्त मैदानले दिएको छ। खेल्नयोग्य मैदान तयार भएसँगै अहिले भीआईपी, भीभीआईपी, भवन, चेन्जिङ रुमलगायत २ हजार जना अट्ने प्यारापिट निर्माणको काम पनि सुरु भइसकेको छ। 

हाल अस्ट्रेलियामा व्यवसाय गरिरहेका गुल्मीका विनोद कुँवर र उनकी श्रीमती सुदीक्षा गौतमले मैदान निर्माण गरिरहेका छन्।

त्यसो त यो मैदान एक क्रिकेट समर्थकले देखेको सपना हो। विनोद आफू त क्रिकेट समर्थक हुन् नै, अझ क्रिकेटप्रति नेपालीहरूको बढ्दो क्रेजबाट पनि उनी क्रिकेट रंगशाला निर्माणका लागि प्रेरित भए। 

अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका कुँवरले अध्ययन सकेपछि त्यही आईटीको एक्स्ट्राटेक कम्पनी खडा गरे। त्यसको सफलताले पनि उनलाई क्रिकेट रंगशाला निर्माणका गर्न सहज भयो।

त्यसैले सुरुवातको ९ महिनामै खेल्नयोग्य मैदान तयार पारे। सोमबार तिलोत्तमा टी-१० लिजेन्डस् कप आयोजना गरे। जहाँ पहिलो पुस्ताका क्रिकेट खेलाडीलाई पनि मैदानमा उतारे। 

आफ्नै ठाउँमा बनिरहेको मैदानमा क्रिकेटका महान् हस्तीहरुलाई हेर्न पनि थुप्रै समर्थक उपस्थित भएका थिए।

त्यही आधारमा तयार पारिएको एक भिडिओ रिपोर्ट :

भिडिओ/तस्बिर : सरोज नेपाल

चैत २, २०८० शुक्रबार १३:२०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .